बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

नेप्सेमा थामिएन पहिरो, ३०.२९ अङ्‌कले घट्दा कारोबार रकम पनि खुम्चियो

बुधबार, २५ फागुन २०७८, १५ : २८
बुधबार, २५ फागुन २०७८

नेपालको सेयरबजारमा आज दोहोरो अंकको पहिरो चलेको छ । सोमबार १.५४ अङ्‌कले बढेको नेपाल स्टक एक्सचेञ्‍च (नेप्से) सूचक आज बुधबार ३०.२९ अङ्‌कले घट्दै २५१४.६५ अङ्‌कमा झरेको हो । आज बजारका सबै उप-सूचकांकहरू राताम्मे छन्‌ ।

४९ लाख ५९ हजार ११९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबर कारोबार भएको छ । मं‌गलबार २ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि घटेको हो । आज माउन्टेन इनर्जी नेपाल लिमिटेडका सेयरधनीले सबैभन्दा बढी अर्थात प्रतिकित्तामा ८५ रुपैयाँ कमाएका छन्‌ । विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात २५७ रुपैयाँ गुमाएका छन्‌ ।

बैंकहरूमा तरलता अभाव संकुचन भएको समाचार बाहिरिएपछि गत मंगलबार सेयरबजार झिनो अंकले बढेको थियो । तर, रूस-युक्रेन युद्ध लगायत कारणले निम्तिएको समस्या गहिरिँदै आर्थिक क्षेत्रमा प्रभाव पर्न थालेपछि र अर्थतन्त्रका सूचकमा सुधार नदेखिएपछि नेपालको सेयरबजार घट्‌दो क्रममा नै रहने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप