माधव नेपालको निष्कर्ष : एमसीसीमा हाम्रो अडान नै राष्ट्रिय अडान बन्यो !
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे आफ्नो पार्टीले लिएको अडान राष्ट्रिय अडान बन्न पुगेको बताएका छन् । बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले एमसीसी ‘व्याख्यात्मक घोषणासहित’पारित गर्नु बुद्धिमता भएको समेत दावी गरेका छन् ।
‘हाम्रो पार्टीले उक्त कम्प्याक्टमा भएका कतिपय गलत र दोहोरो अर्थ लाग्ने विषयहरुको बारेमा स्पष्ट निरुपण नगरी अनुमोदन गर्न हुँदैन भनेर निर्णयसहित दृढ अडान लियो’, अध्यक्ष नेपालले भनेका छन, ‘ हाम्रो पार्टीको अडान नै हाम्रो राष्ट्रिय अडान बन्यो’, अध्यक्ष नेपालको दावी छ ।
उनले सुरुबाटै आफु एमसीसी यथास्थितिमा अनुमोदन गर्नुहुँदैन भन्ने पक्षमा रहेको भन्दै एमाले अध्यक्ष ओली र नेपाली काँग्रेस मिलेर यथास्थितिमै पास गर्ने योजना असफल बनाएको निष्कर्ष समेत निकालेका छन् । अध्यक्ष नेपालको ११ बुँदे प्रतिवेदनमा एमसीसी कम्प्याक्टलाई यथास्थितिमा अनुमोदन गर्न हुँदैन भन्ने दृढ अडानकै कारण व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन हुने अवस्थामा पुगेको बताएका छन् ।
‘नेपाली काँग्रेस एमसीसीलाई हर हालतमा जस्ताको तस्तै पारित गर्ने निर्णयमा पुग्नु र केपी ओलीले त्यसका लागि आफ्ना शर्तमा काँग्रेसलाई फकाएर सम्झौता पारित गराउने षडयन्त्र गरिरहेको परिस्थितिमा हामीले उपयुक्त निर्णयमा पुग्ने बुद्धिमता देखाउनै पर्यो’, अध्यक्ष नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले एमसीसी पारित गर्न एमाले अध्यक्ष ओलीले सभामुखलाई तत्काल हटाउनुपर्ने, नेकपा (एकीकृत समाजवादी) का चौध जना सांसदहरुलाई पदमुक्त गर्नुपर्ने, नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता खारेजीका लागि आवश्यक कदम चाल्नुपर्ने, प्रधानन्यायाधीश माथिको महाभियोगको प्रस्ताव फिता लिनुपर्ने, वर्तमान गठबन्धन तोडी काँग्रेस–एमाले गठबन्धन बनाउन पर्ने, प्रदेश सरकारमा आफ्नो शक्ति अनुसार मुख्यमन्त्री पाउनुपर्ने लगायतका शर्तहरु प्रधानमन्त्री समक्ष राख्ने काम गरेकोे उल्लेख गरेका छन् । ओलीको शर्त मान्न काँग्रेस पनि लगभग तयार भैसकेको अध्यक्ष नेपालको भनाइ छ ।
‘एमसीसी पारित गराउन नेपाली काँग्रेसले पनि करिब करिब सबै शर्तहरु मान्न तयार भइसकेको थियो । केपी ओलीले राखेका यी शर्तहरूका आधारमा गठबन्धन बनाउन काँग्रेस अगाडि बढेर सहमति गरेको भए एमसीसी सम्झौता जस्ताको तस्तै पारित हुने मात्र होइन, त्यसभन्दा पनि गम्भीर विषय त संविधान एवं लोकतन्त्र विरोधी ओली पुनः सत्तामा फर्कने र संघीय लोकतान्त्रिक गणतन्त्र तथा विधिको शासनविरुद्ध पुनः षडयन्त्र हुने कुरा निश्चित नै थियो’, अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ ।
उनले यस्तो अवस्थामा देशलाई दुर्घटनामा जानबाट रोक्नुपर्ने भन्दै ओलीको षडयन्त्रलाई असफल बनाउँदै देशलाई दुर्घटनामा जानबाट रोक्न सफल भएको दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान