आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘तत्काल रेल सञ्चालन गर्न सकिने’

बुधबार, २५ फागुन २०७८, १५ : १६
बुधबार, २५ फागुन २०७८

जयनगर कुर्था रेल्वेबारे सरकारले आवश्यक निर्णय लिए तत्काल सेवा सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको  छ । जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन ।

यसै सन्दर्भमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताएका हुन् । उनले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए । 

महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनको लागि भाडा निर्धारण तथा कानून समेत बनाइ सकिएको बताए । महाप्रबन्धक झाले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनको लागि सरकारले सहयोग गर्नु पर्ने बताए । 

उनले भने,‘ रेल परीक्षण गरेर सम्पूर्ण तयारी पूरा गरेका छौं । सरकारले चाहेका बखतमा हामीले रेल चलाउन सक्छौं । सरकार पनि रेल सञ्चालन गर्ने विषयमा सकारात्मक छ । मन्त्रालय पनि यो विषयमा सकारात्मक छ । रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ । रेल सञ्चालनको लागि नेपाल सरकारले विगत देखि निरन्तर रुपमा सहयोग गर्दै आएको छ । पछिल्लो समय केही प्राविधिक समस्याहरु भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौं । रेल सञ्चालन कहिले हुन्छ भनेर नागरिकहरु उत्साहित छन । जसरी यात्राहरू रेल चढ्न उत्साहित हुनुहुन्छ । त्यो अनुसारले रेल सञ्चालनमा आउँदा घाटामा विल्कुल जाँदैनौं । कम्पनी सुरुमा स्थापित हुनको लागि सरकारको लगानी चाहिन्छ । रेल कम्पनी सुरुवाती चरणमा भएकाले सरकारले सहयोग गर्नु पर्छ । घाटामा जाँदैन भन्ने विश्वास छ । कम्पनीले नेपाल सरकारका अन्य कम्पनीले नाफा कमाए भन्दा राम्रो लाभ हुन्छ । रेल कम्पनीले नाफा कमाउन र जनतालाई यातायातको माध्यमलाई सहज बनाउने दुई वटै भुमिका खेल्ने छ।’

रेल दुई वर्षअघि भारतीय रेल्वे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको छ । रेल खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको रेलको गत पुसमा परीक्षण गरेर राखिएको छ । अहिले पनि रेल जनकपुरमै त्रिपालमुनी थन्किएर बसेको छ । रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भएपनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप