सिभिल सेभिङ्सको ठगीको विरोध : सडकमा देखिए वसुन्धरा र चैत्यदेवी

वरिष्ठ कलाकार वसुन्धरा भुसालले सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि.बाट पीडित सबैलाई सरकारले न्याय दिनुपर्ने बताएकी छन् । सहकारी पीडितहरूको तर्फबाट न्यायका लागि बुधबार ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा उनले सहकारीमार्फत पीडा दिने इच्छाराज तामाङको ब्यक्तिगत सम्पत्तिबाट असुलेर भएपनि पीडितलाई न्याय दिनुपर्ने उनको धारणा छ ।
‘धेरैजसो ६० देखि ९० वर्षका सेवानिवृत्त कर्मचारी, महिला, सानातिना व्यापारी र मजदुरले भविष्यका लागि भनेर दुःख गरेर कमाएको रकम राखेका थिए । कतिपयले आफ्नो गरगहना र अन्य सम्पत्ति पनि बेचेको पैसा राखेका छन्’ भुषालले भनिन् ‘दैनिक दालभात खान नपुग्नेसम्म ठगिएका छन् ।’ उनले सबै पीडितले न्याय महसुस गर्ने गरेर फैसला गर्न न्यायधीशहरुलाई अनुरोध समेत गरेकी छन् ।
भुषालले आफ्नो भने ब्यक्तिगत भन्दा पनि संस्थागत पैसा ठगिएको बताइन् । ‘हामी भुवन चैत्य वसुन्धरा फाउन्डेसन’ को नामबाट १५ लाख रुपैया सहकारीमा राखेका थियौ । त्यो पैसा हामीले बर्षेनी एक वरिष्ठ व्यक्तिलाई ५० हजार रकमसहित सम्मान गर्दै आएका थियौ’ भुषालले अगाडि थपिन् : ‘पैसा फसेपछि अब कसरी काम गर्ने ।’ राष्ट्रको टप इन्जिनियर भनेर विश्वास गर्दा आफुजस्ता धेरै फसेको उनले सुनाइन् । आन्दोलनमा पुरानी अभिनेत्री चैत्यदेवी सिंहको पनि सहभागिता रहेको थियो । चैत्यदेवीले आफ्नो व्यक्तिगत तथा संस्थागत दुबै पैसा फसेको बताइन् ।
‘म मात्र होइन पीडित सबैले न्याय पाउनुपर्छ भनेर हामी आन्दोलनमा आएका हौ’ चैत्यदेवीले भनिन्, ‘इच्छाराज तामाङलाई सरकारले सजाय दिनुपर्छ र हामी सबैको पैसा पनि निकाल्नुपर्छ ।’ न्याय नमिलेसम्म आफुहरु निरन्तर आन्दोलनमा रहने सिंहले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’