अष्ट्रेलियाका प्रधानमन्त्रीले देशमा आपतकालको घोषणा गर्ने
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशको दुईवटा राज्यमा आएको बाढीका कारण राष्ट्रव्यापी आपतकालको घोषणा गर्ने बताएका छन् ।
न्यु साउथ वेल्स (एनएसडब्ल्यु) र क्विन्स्ल्याण्डमा आएको बाढीमा परी २० जनाको मृत्यु भएको छ । रेकर्ड स्तरको वर्षापश्चात् पछिल्लो दुई हप्तामा हज्जारौं घर डुबानमा परेका छन् ।
बासिन्दाको तत्काल उद्दार नगरेको भन्दै मानिसले संघीय तथा स्थानीय सरकारमाथि रोष व्यक्त गरेका छन् ।
मोरिसनको घोषणा – राष्ट्र पहिलो– ले संघीय अधिकारीलाई यसबारे प्रत्यक्ष हस्तक्षेप गर्न अनुमति दिनेछ ।
उनले लिस्मोरको शहरमा बुधबार यस्तो घोषणा गरेका हुन् । उनले ५ सय वर्ष पछि यस्तो घटना निम्तिएको बताए । बाढीका कारण यहाँ ४ जनाको मृत्यु भएको छ ।
‘यहाँ जे देखिएको छ, त्यसले मुटु छियाछिया पारेको छ । तपाईंले यसलाई हेर्नुपर्छ, यसलाई सुँध्नुपर्छ, महसुस गर्नुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा दही खानु राम्रो कि नराम्रो ?
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
-
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा
-
मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह
-
टर्बुलेन्सका कारण एयर युरोपाको विमान आपत्कालीन अवतरण, ३० जना घाइते
-
कांग्रेस र एमालेको सहकार्य अग्रगमन लक्षित छैन : अग्नि सापकोटा