उदयपुर कटारीमा ग्लोबल आइएमई बैंकको शाखा उद्घाटन

ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुर कटारीमा शाखाको उद्घाटन गरेको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयास कार्कीले संयुक्त रूपमा शाखाको औपचारिक उद्घाटन गरेका हुन्‌ ।
‘सबैका लागि बैंक’ भन्ने नारासाथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ । कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले अपेक्षा राखेको छ ।
बैंकले हालसम्म देशभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह