विश्वभर पुनः बढिरहेको छ कोरोना संक्रमण, चौथो लहरबारे कस्तो छ विज्ञको धारणा ?
संसारभरी कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा संसारभरी कोरोनाभाइरसका १६.०३ लाख संक्रमित भेटिएका छन् । यतिमात्रै होइन ८ मार्चमा ६,८१८ जनाले आफ्नो ज्यान गुमाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४,५७५ संक्रमित भेटिएका छन् । यस्तोमा भारतमा कोरोनाको चौथो लहर कहिले आउँछ भनेर प्रश्न उठ्न थालेका छन् । यसबारे भाइरोलोजिस्टको धारणा के छ, त्यसबारे जानकारी लिऔँ ।
भारतमा कोरोनाको तेस्रो लहर लगभग समाप्त भइसकेको छ । यद्यपि, संसारभरी बढ्दो केसका कारण चौथो लहरको आशंका बढ्दै गइरहेको छ । यद्यपि, डा. टी ज्याकबले भारतमा चौथो लहरको आशंका अहिले नै नभएको बताएका छन् । भाइरोलोजिस्ट जोनले भने, ‘यदि भिन्न तरिकाले प्रभावित गर्ने कोरोनाको कुनै नयाँ भेरियन्ट आउँदैन भने, भारतमा चौथो लहर आउँदैन ।’
भारतमा मंगलबार ३,९९३ संक्रमित भेटिएका थिएः
भारतमा बुधबार कोरोनाका ४,५७५ नयाँ संक्रमित भेटिएका छन् । यसअघि मंगलबार ३,९९३ नयाँ संक्रमित भेटिएका थिए । यो ६६२ दिनमा सबैभन्दा कम थियो । भारतमा तेस्रो लहरको पिक २१ जनवरीमा आएको थियो । जब यहाँ एकैदिन कोरोनाका ३,४७,२५४ नयाँ संक्रमित भेटिएका थिए ।
इन्डियन काउन्सिल फर मेडिकल रिसर्च सेन्टर अफ एडभान्स्ड रिचर्स इन भाइरोलोजीका पूर्व निर्देशक डाक्टर जेनले भारतमा तेस्रो लहर समाप्त भइसकेको र भारत महामारीको एन्डेमिक मा प्रवेश गरिसकेको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार एन्डेमिक स्टेज भनेको संक्रमण रहिरहने तर संक्रमण भने सामान्य हुने अवस्था हो । यस्तो अवस्थामा महामारीको असर सामान्य हुन्छ । र, कुनै विशेष स्थानमा सीमित हुन्छ । साथै, भाइरस कमजोर हुन जान्छ । यसका साथै बिरामीहरु पनि यो भाइरससँग जिउन सुरु गर्न थाल्छन् ।
अर्को चरणमा स्थिर केस आउनेछन् : डा. जोन
उनले भने, ‘एन्डेमिक स्टेज प्रवेश भएको विषयमा मेरो आफ्नै परिभाषा छन् । अर्थात्, यो स्थितिमा देशमा कोरोनाका दैनिक कम र स्थिर संक्रमित भेटिनेछन् । यसमा निकै कम उतार चढाव हुनेछ र यो चार हप्ताका लागि मात्रै हुनेछ । भारतका सबै राज्यमा एकजस्तो स्थिति देखिएको छ, त्यसैले यसले मलाई थप विश्वास दिलाएको छ । ’
थुप्रै भाइरोलोजिस्टले भारतमा तेस्रो लहर नआउने बताएका थिए भनेर सोधिएको प्रश्नमा जोनले भनेका थिए, ‘तेस्रो लहर ओमिक्रोनका कारण आएको हो । यसअघि कसैले पनि यसबारे आशंका जताएको थिएन । तेस्रो लहर आउने छैन भनेर कोरोनाको तत्कालीन भेरियन्टलाई मध्यनजर गर्दै आशंका गरिएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
-
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा