आजदेखि देहिमाडौँमा मेयर कप क्रिकेट

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने।
प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ ।
उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । यसअघि गतवर्ष सम्पन्न चौंथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो । यसैबीच पाँचौँ संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने चैत ४ गतेदेखि सञ्चालन हुने नगर क्रिकेट समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो