सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

बुधबार, २५ फागुन २०७८, १२ : ४६
बुधबार, २५ फागुन २०७८

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् । सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइरालासहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप