मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

युद्धग्रस्त क्षेत्रबाट ठूलो संख्यामा नागरिकलाई सुरक्षित स्थानमा सारिएको युक्रेनको घोषणा

बुधबार, २५ फागुन २०७८, १२ : ३२
बुधबार, २५ फागुन २०७८

युक्रेनमाथि रुसले आक्रमण गरको १४ दिन भइसकेको छ । संघर्ष जारी रहेकाले युक्रेनमै बस्न सर्वसाधारणका लागि कठिन भइरहेको छ । यसै सिलसिलामा युक्रेनले आफ्नो मुलुकबाट ठूलो संख्यामा नागरिकहरुलाई सुरक्षित स्थानमा सार्न सफल भएको जनाएको छ ।

मंगलबार खुला गरिएको मानवीय मार्गले बुधबार पनि निरन्तरता पाउने सुमी शहरका  गभर्नरले बताएका छन् । मस्कोले किभ र  मारिउपोल लगायतका शहरहरुमा अर्को युद्धबिरामको घोषणा गरेको छ ।
रुसले आक्रमण गरेपछि २० लाख शरणार्थी देशबाट बाहिरिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको तेल, ग्यास र कोइलाको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । यसो गरिएपछि रुस डगमगाउने र भ्लादिमिर पुटिनसँग युक्रेनको विषयमा कुराकानी गर्नका लागि सहज हुने धारणा बाइडेनको छ । म्याकडोनाल्ड, स्टारबक्स र कोकाकोला रुसमा उनीहरुको काम रोक्ने पछिल्ला पश्चिमा मुलुकका कम्पनीहरु भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप