बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक, तस्बिरहरु

बुधबार, २५ फागुन २०७८, १२ : ११
बुधबार, २५ फागुन २०७८

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको बिषयमा पनि छलफल हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप