दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
बुधबार, २५ फागुन २०७८, १२ : ००
![दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/accident-durghatana-acc-cartoon_nRZRX5TBy7.jpg)
दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५ ८१ नम्बरको कारले बिपरित दिशाबाट आउँदै गरेको रा ६ प ६८ ४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालक फरार भएकोले खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि दोब्बरभन्दा बढी बढायो भिसा शुल्क
-
बैठकमा देउवाको बिफ्रिङ : ओलीसँगको कुराकानी सकारात्मक छ
-
प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली
-
अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
फ्रान्समा चरम दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना
-
नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ