आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसको इन्टरनेट छिट्टै चीनकै जस्तो मोडलतिर

बुधबार, २५ फागुन २०७८, ११ : ५८
बुधबार, २५ फागुन २०७८

रुसी नागरिकहरूमा हाल अमेरिकी प्रविधि प्लेटफर्महरु फेसबुक, ट्वीटर र गुुगलमाथि आफ्नो पहुँच राख्न छुट छ । यद्यपि उनीहरुमाथि चीनको इन्टरनेट मोडलको विशेषता जस्तै सेन्सरसिप र प्रतिबन्ध भने लाग्दै आएको छ ।​ युक्रेनमाथि रुसको अतिक्रमणले यो मुलुक बढ्दो रुपमा एक्लिन थालेको छ । जसले उसको विश्वव्यापी वेबमाथिको उपस्थिति शून्य हुन सक्ने खतरा छ ।

शुक्रबार रुसमाथिको प्रतिबन्धले युक्रेनमाथि लडाइ र कडाइ झनै बढ्दै गएको छ । यहीबीचमा रुसी सरकारले पनि फेसबुकमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । फेसबुक देशमा ठूलो प्लेटफर्मको रुपमा नरहे पनि यसमाथिको प्रतिबन्धले राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारलाई यो भन्दा पर जानका लागि प्रेरित गरेको छ ।

रुसमा इन्स्टाग्राम र ह्वाट्सएप जुन रुसमा लोकप्रिय रहँदै आएको छ, यो पनि फेसबुकको पेरेन्ट कम्पनी मेटाको स्वामित्वमा रहेको छ । देशको प्रमुख दुरसंचार एजेन्सी रोजकोमनाद्जोरले पनि गुगलमा दबाब बढाउदै लगेको छ । यसले ट्वीटरमाथि पनि प्रतिबन्ध लगाएको छ । अन्य प्लेटफर्मले पनि संचालन रोक्ने विकल्प रोज्न थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप