बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बाँकेमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, २५ फागुन २०७८, ११ : ५५
बुधबार, २५ फागुन २०७८

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन् । उनी ईलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए । 

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८१  १९ नम्बरको स्कारपियो जिपले घर बिदा सकाएर कार्यालय तर्फ फर्किँदै गरेका थारु सवार भे ५ प ७१ ५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  जिपसहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप