अमेरिकामा तेलको बढ्दो मूल्यका लागि को जिम्मेवार ?
रुस–युक्रेन युद्ध तेज हुनुका साथै अमेरिकामा तेलको मूल्य बढ्दै गइरहेको छ । अघिल्लो हप्ता पेट्रोलको मूल्यमा ११ प्रतिशतसम्म वृद्धि भएको छ ।
युक्रेन संकट अघि पनि कोरोना महामारीका कारण तेलको मूल्य बढिरहेको थियो । तर अब यो मार झन् बढेको छ ।
यस्तोमा अमेरिकी रेडियो र टिभी च्यानलमा रिपब्लिकन पार्टीका नेता ऊर्जा नीतिसहित राष्ट्रपति बाइडेनलाई घेर्नका लागि तयार छन् ।
उनले अमेरिकी तेल उत्पादनमा भएको अवरोधका लागि प्रशासनलाई दोष दिएका छन् । पट्टा जारी नगर्दा र ड्रिल गर्न नदिँदा उत्पादन बन्द भएको उनीहरुको भनाई छ ।
तर मंगलबार पत्रकार सम्मेलनका बेला जो बाइडेनले जमिन र पानीमा ड्रिलको कुनै पट्टा प्रयोग नभइरहेको कुरामा जोड दिए । मूल्य बढ्दा पनि कम्पनीले तेलका लागि नयाँ उत्खनन कम गरेका छन् ।
यसबाहेक जो बाइडेनले आफ्नो कार्यकालको पहिलो दिन किस्टोन एक्सएल पाइपलाइनको निर्माणको एउटा विवादित निर्णयलाई खारेज गरेका थिए ।
यस्तै, क्यानडा र अमेरिकाबीचको पाइपलाइनले कसरी उत्पादन बढाउनेछ भन्ने कुरा पनि अझै स्पष्ट छैन ।
यसबारे सोधिँदा ह्वाइट हाउस सेक्रेटरी जेन साकीले भनेकी थिइन्, ‘किस्टोन तेल क्षेत्र होइन । यो एउटा पाइपलाइन हो । तेल अन्य तरिकाले पनि देशमा आपूर्ति भइरहन्छ ।’
अब यो आशा पनि धुमिल हुँदै गइरहेको छ कि अमेरिकाको प्राकृति ग्यास उत्पादक युरोपको ऊर्जा समस्यालाई हल गर्नमा मद्दत गर्न सक्छन् । ।
ग्यासको निर्यातका लागि त्यसलाई तरल प्राकृतिक ग्यासमा परिवर्तन गर्न आवश्यक छ । तर यसको मात्रामा बढोत्तरीका लागि पर्याप्त आयात टर्मिनल्स छैनन् ।
तर यति हुँदा पनि रिपब्लिक पार्टीका नेता बढ्दै गरेको तेलको मूल्यका लागि राष्ट्रपति बाइडेनलाई जिम्मेवार ठहर गर्नका लागि तयार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि