कामना सेवा विकास बैंकद्वारा निःशुल्क सेनेटरी प्याड वितरण
बुधबार, २५ फागुन २०७८, १२ : ११
कामना सेवा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पाइला नेपालको सहकार्यमा बैंकले उक्त कार्यक्रम गरेको हो । नवलपरासी सुनवलस्थित सुनवल माध्यामिकका विद्यार्थी र कास्की पुरुन्चौरका महिला समूहलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको हो ।
त्यस्तै, महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, यौनसंग सम्बन्धित विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । महिनावारीका प्याडको उचित प्रयोग जागरूकताको लागि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बैंकका कर्मचारी, पहिलो पाइला नेपालका प्रतिनिधिहरू लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से घट्यो, साढे ८ अर्बको कारोबार
-
उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : मन्त्री भण्डारी
-
न्यायाधीश नियुक्तिमा किन ढिलाइ गरिरहेका छन् प्रधान न्यायाधीश राउत ?
-
थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
-
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन (तस्बिरहरू)