माओवादी महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी छाडे
बुधबार, २५ फागुन २०७८, १० : ५५

माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागको घोषणा गरेका छन्। एमसीसी पारितको विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत: पार्टी नै परित्याग गरेका हुन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।
एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्तत: सदनबाट पारित गराउन सहमति जनाएको थियो । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त