अब हलिउडमा पनि आलिया, गेलको अपोजिट भूमिकामा फिल्म खेल्ने

अभिनेत्री आलिया भट्ट बलिउडका उत्कृष्ट अभिनेत्रीमध्येमा पर्छिन् । हाल प्रदर्शनरत फिल्म ‘गंगुबाई काठियावाडी’बाट प्रशंसा पाइरहेकी यी अभिनेत्री चाँडै नै अन्तर्राष्ट्रियस्तरमा अर्थात् हलिउडमा पाइला चाल्ने तयारी गरिरहेकी छन् ।
चारवटा ‘फिल्म फेयर अवार्ड’ जितिसकेकी आलिया नेटफ्लिक्सको ‘हार्ट अफ स्टोन’मा ‘वण्डर वुमन’ अभिनेत्री गेल गेडोटको अपोजिटमा देखिँदैछिन् ।
जोया अख्तरले निर्देशन गरेको सन् २०१९ को फिल्म ‘गली ब्वाय’ उक्त वर्षको ‘बर्लिन फिल्म फेस्टिभल’मा प्रिमियर भएको थियो र एक अन्तर्राष्ट्रिय हिट बनेको थियो । यो फिल्म सन् २०२० को ‘अस्कर अवार्ड’मा ‘सर्वश्रेष्ठ विदेशी भाषा फिल्म’का रुपमा भारतको आधिकारिक सहभागिता जनाएका थियो ।
आलियाको अन्तर्राष्ट्रिय अपील (इन्स्टाग्राममा ६० मिलियनभन्दा धेरै फलोअर्ससहित) लाई स्वीकार गर्दै ‘अस्कर’ आयोजक द एकाडेमीले उनलाई सन् २०२० को क्लासमा सहभागिता जनाउन सहमति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी