डढेलोका कारण नाक्चुङ बस्ती जोखिममा, हेलिकोप्टरले पनि आगो नियन्त्रणमा लिन सकेन

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा परेको वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिए ।
डढेलोका कारण नाक्चुङका १३ घरपरिवार जोखिममा परेका वडाध्यक्ष शेर्पाले बताए । तीव्र बेगको हावाका कारण स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन कठिन भएपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ । अग्निनियन्त्रक सिम्रीक एयरको हेलिकोप्टरले दुई दिनदेखि आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि सफल नभएको प्रहरीले जनाएको छ । गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको वडाध्यक्र्ष शेर्पाले बताए ।
आगो लागेको क्षेत्र नजिकै पर्ने सुर्केखोलाबाट पानी तान्ने काम गरिएको छ । मङ्गलबार बेलुका लुक्लामा नै बसेको हेलिकोप्टरले आज पनि आगो नियन्त्रणको प्रयास गर्ने बताइएको छ । डढेलो नियन्त्रणका लागि गाउँपालिकाले सबै संयन्त्र प्रयोग गरेको भए पनि सफल हुन नसकेको पालिकाले जनाएको छ । अत्यधिक भिरालो र तीव्र बेगको हावाका कारण मानिसले आगो नियन्त्रणको प्रयाससमेत गर्न नसक्ने स्थानीयवासी रामे तामाङले बताए ।
धुवाँका कारण सोमबार बिहान झण्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो । आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के–कति क्षति भयो एकिन गर्न कठिन भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते