अन्तर्राष्ट्रिय नारी दिवसमा ‘द ऐला लाउन्ज’द्वारा प्रेरणादायी महिला सम्मानित
११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा द ऐला लाउन्ज कुमारीपाटीले समाजमा प्रेरणादायी काम गर्दै आएका चार महिलालाई सम्मानित गरेको छ ।
लाउन्जले विषम परिस्थितिमा पनि व्यक्तिगत जीवनभन्दा माथि उठेर सेवा भावसहित काम गर्दै आएका महिलाहरूलाई सम्मान गरेको हो । ललितपुर उपमहानगरपालिकाकी उपमयेर गीता सत्यालको प्रमुख आतिथ्यमा लाउन्जले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त अवसरमा सम्मानित हुने महिलाहरूमा नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ, ह्याप्पी होम्स अनाथालयकी सञ्चालिका महिमा पोखरेल, पाटन अस्पतालकी कोभिड–१९ वार्डकी प्रमुख नर्स इन्चार्ज ज्योति महर्जन र दृष्टिविहीनहरूको सशक्तीकरणका लागि सञ्चालन हुँदै आएको संस्था ‘ब्लाइन्ड रक्स’की संस्थापक सृष्टि श्रेष्ठ रहेका छन् ।
त्यस अवसरमा ललितपुर उपमहानगरपालिकाकी उपमयेर सत्यालले लाउन्जले व्यावसायिक कार्य सँगसँगै सामाजिक काममा समेत अग्रसरता देखाएको खुसी व्यक्त गरेकी छन् । भविष्यमा उपमहानगरपालिकाले ऐला लाउन्जसँग सामाजिक उत्तर दायित्वका कार्यका लागि सहकार्य गर्दै जाने आश्वासनसमेत दिइन् ।
यस्तै लाउन्जका सञ्चालक दिनेश राईले कोरोनाको विषय परिस्थितिमा होस् या, ललितपुर क्षेत्रका विभिन्न क्लबहरूले गर्दै आएका सामाजिक कार्यमा आफ्नो उपस्थिति रहँदै आएको र महिलाहरूले व्यक्तिगत जीवनबाट माथि उठेर समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मानको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले भविष्यमा पनि व्यावसायिक कर्मसँगै समाजसँग जोडिएका विषयमा पनि आफू निरन्तर सहभागी हुँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन