बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको बागमती प्रदेश भेला हुँदै

बुधबार, २५ फागुन २०७८, ०८ : २८
बुधबार, २५ फागुन २०७८

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला बुधबार हुँदैछ । ललितपुरको गोदावरीमा प्रदेश परिषदको विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो ।

भेलाको अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले रातोपाटीलाई जानकारी दिए । 

आगामी वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको हो । भेलाबाट चुनावी योजनाका साथै पार्टीलाई चलायमान बनाउने सन्दर्भमा महत्वपूर्ण निर्णय लिइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप