मौसम पूर्वानुमान : आज मौसम सफा, भोलि चट्याङसहित वर्षा
बुधबार, २५ फागुन २०७८, ०६ : ५७
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज स्थगित गरिएको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा १७ गते हुने
-
वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित
-
सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा : गृह मन्त्रालय
-
साढे ६ बजेको अपडेटः काठमाडौँसहित १२ स्थानका नदीमा ‘रेड अलर्ट’
-
दोलखामा एकै परिवारका ३ जनाको मृत्यु, ३ वर्षीय बालकको उद्धार
-
विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता