२३ मिनेटभित्र लेवान्डोस्कीको ह्याट्रिक
![२३ मिनेटभित्र लेवान्डोस्कीको ह्याट्रिक](https://rpcdn.ratopati.com/media/albums/_123605705_gettyimages-1239030973_FeGxAFFnXc.jpg)
रोबर्ट लेवान्डोस्कीले सुरुवाती २३ मिनेटमा ह्याट्रिक पुरा गरेपछि बायर्न म्युनिखले रेड बुल साल्जबर्गलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा १ सयौँ खेल खेलिरहेका पोलिस खेलाडीले २१ मिनेटभित्र दुईवटा पेनाल्टीलाई गोलमा परिणत गरे भने लगत्तै अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।
च्याम्पियन्स लिगको सुरुवाती २३ मिनेटभित्र कसैले ह्याट्रिक गरेको यो पहिलो अवसर हो । तर यो सबैभन्दा चाँडो ह्याट्रिक भने थिएन । सन् २०११ मा लियोनले डाइनामो जाग्रेबलाई ७-१ गोलले हराउने क्रममा बाफेटिम्बी गोमिसले ८ मिनेटमा तीन गोल गरेका थिए ।
लेवान्डोस्कीले यो सिजन सबै प्रतियोगितामा ४० गोल गरेका छन् । यता च्याम्पियन्स लिगमा एकै टीमका लागि सबैभन्दा धेरै गोल गर्नेमा लेवान्डोस्की लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा पछि मात्र रहेका छन् । ७-१ को जीत निकाल्ने क्रममा बायर्नका लागि थोमस मुलरले दुई तथा सर्जी ग्नाब्री र साडियो मानेले एक एक गोल गरे ।