जीवन जिउने कला सिकाउँदै
सिन्धुपाल्चोक बलेफी–५ का रामबहादुर तामाङ चढेको बस २०६७ साल पुस १८ गते दुर्घटना भयो । लामो उपचारपछि तामाङको ज्यान त बच्यो तर कम्मरमुनिको भाग नचल्ने भयो । शारीरिक असशक्तता र जीवनको सार्थकता सकिएको सोचले ग्रस्त तामाङ रक्सीको लतमा परे । जीवनदेखि नै विरक्तिएका उहाँ ‘डिप्रेसन’ को सिकार भए ।
तर श्रीमतीको प्रेम र हौसलाले काभ्रे भैंसेपाटीस्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा स्वास्थ्य लाभपछि उनी अहिले मनोपरामर्शदाताका रूपमा सक्रिय छन् । तामाङ भन्छन्, “त्यो दिन मेरो जीवन सकिएको हैन रहेछ, सुरुवात पो भएको रहेछ ।”
पुनस्र्थापना केन्द्रमा पुगेपछि जीविकोपार्जनको उपायसँगै मनोपरामर्शको तालिम लिएपछि जीवनको नयाँ मोड सुरु भएको अनुभव तामाङको छ । दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेका आफूजस्तै साथीलाई जीवन कसरी जिउने भनेर उनले परामर्श दिँदै आएका छन् । ह्विल चियर बास्केटबल टिम काभ्रे जिल्लाका कप्तानसमेत रहनुभएका तामाङ मेरुदण्डमा चोट लागेका आफूजस्तै साथीलाई पौडी प्रशिक्षणसमेत दिँदै आएका छन् ।
मेरुदण्डमा चोट लागेका चितवन भरतपुरका ३६ वर्षीय नवराज रेग्मीसमेत सामाजिक अभियन्ताका रूपमा पीडितलाई परामर्श दिँदै आएका छन्। उनी भन्छन्, “कम्प्युटर र अङ्ग्रेजी शिक्षा सिक्दै छु, अब जीवनलाई आफू अनुकूल लगेर समाजका लागि केही गर्छु ।”
पत्रकार गजेन्द्र बुढाथोकी ह्विल चियर प्रयोगकर्ता हुनुहुन्छ । मेरुदण्डको चोटले ह्विल चियर प्रयोग गर्नेको सङ्ख्या बढे पनि ह्विल चियर प्रयोगकर्तामैत्री सडक र कार्यालय भवन नबन्दा समस्या परेको पत्रकार बुढाथोकी बताउछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?
-
रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक
-
कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने
-
चन्द्रगिरी नगरपालिकामा चित्रकला प्रतियोगिता
-
मिलान्थासामु नतमस्तक बन्यो विराटनगर, जनकपुरको सहज जित