चुनावी अभियानका लागि काँग्रेसले तोक्यो ७७ जिल्लामा कमान्डर (सूचीसहित)
नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।
काँग्रेसले ७७ जिल्ला हेर्ने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । निर्वाचनमा काँग्रेसलाई जिताउन भन्दै काँग्रेसले एक महिना “गाउँ गाउँमा काँग्रेस” अभियान चलाउँदै छ । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ ।
काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य र जनप्रतिनिधिलाई भने चुनावी अभियानमा खटाएको छैन । विश्वप्रकाश शर्माले भने, ‘कार्यसम्पादन समितिका सदस्यहरु पनि विभिन्न कार्यक्रममा जान्नुहुन्छ । तर प्रतिनिधि भएर केन्द्रीय सदस्यलाई मात्र खटाइएको छ ।’
उनले अगाडि भने, ‘केन्द्रीय सदस्यमा पनि जो कार्यसम्पादन समितिका सदस्य, सांसद र स्थानीय तहको प्रमुख उपप्रमुख हुनुहुन्छ । उहाँहरुलाई प्रतिनिधिका रुपमा खटाइएको छैन ।’ केन्द्रीय सदस्यहरु विराटनगर महानगरपालिका मेयर भीम पराजुली, धनगढी उपमहानगरपालिका मेयर नृप वड, उप मेयर सुशीला भट्ट मिश्र लगायतलाई प्रतिनिधिको रुपमा खटाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?