बुधबारदेखि सगरमाथा आरोहण गर्दै अभिनेत्री दीया

अभिनेत्री दीया पुनले सगरमाथामा फिल्मको पोष्टर समेत फहराउने भएकी छन् । मंगलबार आयोजित एक कार्यक्रममा उनले सगरमाथामा नेपाली झन्डाको अलवा फिल्म मन्त्रको पोष्टर समेत फहराउने बताएकी हुन् । मौसमले साथ दिए ६ अप्रिलमा सगरमाथाको चुचुरोमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाइन् ।
बुधबारबाट सगरमाथा आरोहणको गर्ने तयारी गरेकी दीयलाई फिल्म ‘मन्त्र’ले मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच राष्ट्रिय झण्डा र फिल्मको पोस्टरसहित बिदाइ गरेको हो । कार्यक्रममा अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको फिल्म युनिटले दीयालाई सगुनस्वरुप दही खुवाएर शुभ–कामना दिए । आरोहणमा उनलाई विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिदैछन् । एलिट एक्सिपिडिसन आरोहण दलमार्फत दीयाले हिमाल चढ्न लागेकी हुन् ।
अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी छन् । आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गर्न लागेकी दीयाले तीनवटा च्यारिटीको लागि हिमाल चढ्न लागेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) टुगेदर, उनी कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फष्ट रहेका छन् ।
सगरमाथा आरोहणको उत्सुकताबारे उनले भनिन्, ‘सामागाउँमा फिल्म छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’दीया अभिनित फिल्म मन्त्र वैशाखमा प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले सौगातसँग रोमान्स गरेकी छन् । कार्यक्रममा अभिनेता बुद्धि तामाङ, अभिनेत्री नमिता तामाङसहित फिल्मका युनिटका धेरै सदस्य सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु