बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रेमिट्यान्समार्फत प्राप्त हुने डलरलार्ई प्रोत्साहनका लागि थप भत्ता दिइने

मङ्गलबार, २४ फागुन २०७८, २० : १८
मङ्गलबार, २४ फागुन २०७८


श्रीलङ्का सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत् अमेरिकी डलर पठाउने श्रीलङ्काका विदेशमा रहेका कामदारले प्राप्त गर्दै आएको हालको प्रोत्साहन रकम बढाउने प्रस्तावलाई अनुमोदन गरेको छ ।

मङ्गलबार कोलोम्बोमा मन्त्री परिषद्को बैठकपछि सञ्चारमाध्यमलाई गराइएको जानकारी अनुसार केन्द्रीय बैंकले विदेशी कामदारले विप्रेषणमार्फत् तिरेको प्रत्येक डलरको ३८ रुपैयाँ (०.१७ अमेरिकी डलर) भुक्तानी गर्ने घोषणा गरेको हो । यसअघि केन्द्रीय बैंकले विप्रेषणमार्फत् श्रीलङ्का पठाएको प्रति डलर १० रुपैयाँ (०.०४ डलर) तिरेको थियो ।

मन्त्रालयका प्रवक्ता अधिकारीले विदेशी भूमिमा रहेका श्रीलङ्काली नागरिकल वार्षिक करिब ७ देखि ८ अर्ब अमेरिकी डलर श्रीलङ्कामा पठाउने गरेको बताए । 

सरकारले सन् २०२१ मा अमेरिकी डलरको विनिमय दर २०० रुपैयाँ कायम गरेपछि विप्रेषण बापत् प्राप्त हुने यो रकम करिब २.५ अर्ब डलरले घटेको थियो ।    विदेशमा काम गर्ने श्रीलङ्कालीलाई औपचारिक माध्यमबाट पैसा पठाउन प्रोत्साहन भत्ता बढाउने निर्णय लिइएको हो ।

फागुन २४ गते एक अमेरिकी डलरको आधिकारिक खरिददर २२५.२० रुपैयाँ रहेको केन्द्रीय बैंकले मङ्गलबार दिउँसो जनाएको छ । अमेरिकी डलरको बिक्री दर भने सोमबार घटेको मूल्य अनुसार २२९.९९ रुपैयाँमा कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप