परराष्ट्रमन्त्रीसँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट
नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा दुवै पक्षले नेपाल–फ्रान्स सम्बन्धका विविध पक्ष, सहयोग र साझा हितका बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधिमण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर छन् ।
आजै मन्त्री खड्कासँग नेपालका लागि जर्जियाका राजदूत अर्चिल जुलियाश्भिलीले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र विभिन्न बहुपक्षीय मञ्चमा भएको सहयोगका विषयमा छलफल भएको परराष्ट मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलियो क्याण्डी बेच्ने रितिकको तीतो कथा (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान
-
नेपाल र वेष्ट इन्डिज ‘ए’बिचको अन्तिम खेल आज
-
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
-
केकेआरसँग मुम्बइ इन्डियन्स पराजित, इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना लगभग सकियो
-
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता