शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस सिरहाको सभापतिमा पुनः यादव विजयी

मङ्गलबार, २४ फागुन २०७८, १८ : ४०
मङ्गलबार, २४ फागुन २०७८

नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादव विजयी भएका छन् । अर्का प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव जिल्ला सभापति निर्वाचित भएका हुन् ।

यादवले १४२६ र चौधरीले ८८७ मत पाएका छन् भन्ने १६० मत बदर भएको छ । रामचन्द्र यादवलाई  केन्द्रीय नेतृ चित्रलेखा यादव लगायतको समर्थन रहेको थियो । यस्तै चौधरीलाई केन्द्रीय नेतृ सीता देवी यादव, नेता प्रदिप गिरी,  पदम नरायण चौधरी, गणेश मण्डल, मधेश प्रदेशका सांसद तथा  युवा नेता नरेश कुमार यादव लगायतका समर्थन थियो ।  

चुनावमा यादव पक्षले धाँधली गरेकोले यादवको विजय भएको चौधरी पक्षका नेताहरुले आरोप लगाएका छन् । तर सभापति यादवले आरोपमा सत्यता नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप