बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुस र युक्रेनका विदेशमन्त्री टर्कीमा भेट गर्दै

मङ्गलबार, २४ फागुन २०७८, १८ : १४
मङ्गलबार, २४ फागुन २०७८

रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट  हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको हो । 

टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।

फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने भएका छन् । रुसी विदेशमन्त्री लाभरोभले आफू कूटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेशमन्त्रीसँग भेटघाट हुने जानकारी दिएको बताइएको छ ।

उता युक्रेनी विदेशमन्त्री मेभलुतले पनि  फोरममा आफू जान लागेको भन्दै रुसी विदेशमन्त्रीसँग भेट हुने जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप