शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आईओसीलाई निगमले पठायो १४ अर्ब ३० करोड रुपैयाँ

मङ्गलबार, २४ फागुन २०७८, १७ : ३७
मङ्गलबार, २४ फागुन २०७८

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले आईओसीलाई फागुन महिनामा तेल किने बापत उक्त रकम भुक्तानी पठाएको हो ।

निगमका प्रवक्ता बिनितमणी उपाध्यायले आज पहिलो किस्ता बापतको १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पठाएको बताए । उनले फागुन महिनामा कुल २६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा बाँकी रकम २३ मार्चमा पठाइने जानकारी दिए ।

तेल किनेको रकम भुक्तानीका लागि सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो । कोषले दिने रकम निगम नाफामा हुँदा आयात हुने प्रतिलिटर पेट्रोलियम पदार्थबाट एक प्रतिशतका दरले संकलन गरिएको हो । निगम नाफामा हुँदा उठाइएको रकम सञ्चालनमा समस्या पर्दा प्रयोग गर्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप