श्रीलंकामाथि नेपालको लगातार दोस्रो जित

श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक ११५ रनमात्र बनाउन सक्यो ।
नेपालका पवन सर्राफले तीन विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा विक्रम सोब, कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि दिपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८,विवेक यादवले २६ र पवनले २२ जोडेका थिए । त्यस्तै सन्दीपले अविजित १४ रन थपेका थिए । ३०.४ को स्थितिमा रहेको नेपालको इनिङ दिपेन्द्र र पवनले पाँचौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै खेल सुधारेका थिए ।
यसअघि पहिलो खेलमा नेपाल १११ रनले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेभी १०३ रनमा समेटिएको थियो । नेपालले १ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
-
गीत सुनेर के पाउँछस् ?
-
महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य
-
तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस
-
त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति