श्रीलंकामाथि नेपालको लगातार दोस्रो जित
![श्रीलंकामाथि नेपालको लगातार दोस्रो जित](https://rpcdn.ratopati.com/media/albums/Nepali-cricket-team_9X2n7ftSzp.jpg)
श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक ११५ रनमात्र बनाउन सक्यो ।
नेपालका पवन सर्राफले तीन विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा विक्रम सोब, कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि दिपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८,विवेक यादवले २६ र पवनले २२ जोडेका थिए । त्यस्तै सन्दीपले अविजित १४ रन थपेका थिए । ३०.४ को स्थितिमा रहेको नेपालको इनिङ दिपेन्द्र र पवनले पाँचौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै खेल सुधारेका थिए ।
यसअघि पहिलो खेलमा नेपाल १११ रनले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेभी १०३ रनमा समेटिएको थियो । नेपालले १ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश
-
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
-
बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर
-
कल्भर्ट भत्किँदा च्यापिएर एक जनाको मृत्यु
-
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन
-
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान