१५ वर्षअघि भएको हत्याका आरोपी अशोक गुरुङलाई बहराइनबाट नेपाल ल्याइयो

१५ वर्षअघि कास्कीको पोखरामा भएको एक हत्याकाण्डका आरोपीलाई बहराइनमा पक्राउ गरी नेपाल ल्याइएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाको पहलमा हत्या आरोपी अशोक गुरुङलाई बहराइनबाट नेपाल ल्याइएको हो ।
१५ वर्षअगाडि सामान्य विवादका क्रममा आफ्नै साथीलाई दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको आरोप लागेका अशोक गुरुङलाई नेपाल प्रहरीले धेरै मिहेनत गरेर बहराइनबाट नेपाल ल्याउन सफल भएको हो । गुरुङलाई गत मंसिर महिनामै बहराइन प्रहरीले पक्राउ गरेको थियो । तर नेपालले अन्य कुनै देशसँग पनि सुपुर्दगी सन्धी नगरेको कारण बहराइनबाट गुरुङलाई नेपाल ल्याउन समस्या परेको थियो ।
तर नेपालको एनसिबी (इन्टरपोल) शाखाले निरन्तर फलोअप गर्दै आवश्यक सबै कागजात पठाएपछि नेपाल सरकारलाई सुपुर्दगी गर्न बहराइन सहमत भएको थियो । त्यसलगत्तै मंगलबार बिहान १० बजे अशोक गुरुङलाई विमानमार्फत् नेपाल ल्याइएको हो ।
१५ वर्ष अगाडि भएको हत्याका अभियुक्त हुन् गुरुङ
बहराइनमा पक्राउ परेका अशोक गुरुङ १५ वर्ष अगाडि पोखरामा भएको एक हत्याकाण्डका अभियुक्त हुन् । उनीविरुद्ध कास्की जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा चलिरहेको छ । गुरुङले आपसी विवादका क्रममा २०६३ साल वैशाख २९ गते आफ्नै साथी रोजन राईमाथि दाउराको चिर्पटले आक्रमण गरेका थिए । आक्रमणपछि घाइते भएका राईको उपचारकै क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । सामान्य विवादका क्रममा गुरुङले पोखराको सातमुहाने भन्ने स्थानमा दाउराको चिर्पटले हिर्काएर राईको हत्या गरेको प्रहरीको आरोप छ ।
हत्यालगत्तै हत्यामा संलग्नको खोजी गरेपनि हत्यामा अशोक गुरुङको संलग्नता खुलेको थिएन । तर जब हत्यामा गुरुङको संलग्नता खुलेको थियो, त्यतिबेला उनी रोजगारीका लागि भन्दै बहराइन पुगिसकेका थिए । लामो अनुसन्धान पछि हत्यामा गुरुङको संलग्नता पुष्टी भएपनि उनी बहराइनमा भएको कारण नेपाल ल्याउन सकिएको थिएन । हत्यामा आफूमाथि पनि मुद्दा चलेको थाहा पाएसँगै गुरुङ बहराइनमै बसिरहेका थिए । उनी नेपाल नफर्कने देखेपछि प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो ।
नेपाल प्रहरीले गत मंसिर महिनामा मात्रै उनको नाम रेड नोटिसमा हालेपछि बहराइन प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । गुरुङलाई पक्राउ गरेलगत्तै बहराइन सरकारले एक महिनाको समय दिएर सुपुर्दगीका लागि आवश्यक कागजात मगाएको थियो । नेपालले आवश्यक सबै कागजात पठाएपछि बहराइनको अदालतले सुपुर्दगी गर्न आदेश दिएपछि गुरुङलाई नेपाल ल्याउन सकिएको हो । गुरुङलाई लिनका लागि एनसिबीको टोली बहराइन पुगेको थियो ।
तत्कालीन समयमा अभियुक्तको नाम खुलेपनि ठेगाना नखुलेको कारण पक्राउ गर्न नसकी मुद्दा चलाउन सकिएको थिएन । तर कास्कीमा प्रहरी प्रमुखको जिम्मेवारीमा रमेश थापा आएसँगै उनकै पहलमा अभियुक्तको खोजी गर्दै नाम र ठेगाना यकिन गरी मुद्दा चलाइएको हो ।
गुरुङलाई मंगलबार नै कास्की लैजाने तयारी भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार सम्मेलन गरी गुरुङलाई सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा ६ जनालाई योद्धा सम्मान प्रदान
-
नयाँ राजनीतिक दलबारे प्रधानमन्त्रीको टिप्पणी: चलाउन नजान्ने ड्राइभरलाई जिम्मा दिन सकिँदैन
-
शिक्षा प्रणालीलाई प्रविधियुक्त र समायानुकुल बनाउन आवश्यक : मन्त्री दाहाल
-
भोलिदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने
-
मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको : प्रधानमन्त्री ओली
-
अप्रत्याशित रूपमा शिक्षामन्त्रीको राजीनामा किन आयो ? प्रधानमन्त्रीले दिए यस्तो जवाफ