आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दृष्टिविहीन महिलाको पीडा : गुजारा चलाउनै समस्या

मङ्गलबार, २४ फागुन २०७८, १६ : ४२
मङ्गलबार, २४ फागुन २०७८

दृष्टिविहीन महिलाले कोरोना महामारीका कारण आफूहरुलाई गुजारा चलाउनै समस्या परेको बताएका छन् । पाल्पाको रिब्दिकोट गाउँपालिका–३ की ईन्दिरा थापा क्षेत्रीले कोरोना महामारीका कारण सडक संगीतसमेत प्रभावित भएपछि आफूहरुलाई गुजारा चलाउनै समस्या भएको बताइन् ।

दृष्टिविहीन महिलालाई जीवनका हरेक पाइला चुनौतीपूर्ण रहेको उनको भनाइ छ । गाडीमा हिँड्दादेखि विभिन्न ठाउँमा यौन हिंसा सहनु पर्ने गुनासोसमेत उनले गरिन् ।

उनकी बहिनी पनि दृष्टिविहीन छिन् । यद्यपि बहिनीले दृष्टिविहीनसँगै विवाह गरेको उनको भनाइ छ । तर, आफू भने विवाहित भएर पनि एक्लै बस्नु परेको उनले बताइन् । ११ वर्षको उमेरमै आफूभन्दा तेब्बर बढी उमेरको पुरुषसँग विवाह गरेकी उनलाई केही वर्षमै घर परिवारले हेला गर्न थालेपछि माइत आएर बस्नु परेको हो ।

हाल उनी बुटवल–१२ मा डेरा लिएर बस्दै आएकी छन् । उनीसँगै अन्य चार जना दृष्टिविहीन डेरामा बस्छन् । सडक संगीतका माध्यमबाट जीविका चलाउँदै आए पनि कोरोना महामारीले यो पेशा पनि नराम्ररी प्रभावित भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप