शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

थप १ सय ९४ जनामा सङ्क्रमण पुष्टि

मङ्गलबार, २४ फागुन २०७८, १६ : २६
मङ्गलबार, २४ फागुन २०७८

देशभर थप १ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ३४८ जना सङ्क्रमणमुक्त भएको छ । हालसम्म ९ लाख ५९ हजार ८१७ जना निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८७५ पुगेको छ । कोरोनाको सङ्क्रमणबाट थप एक जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३ हजार ६२५ जनाले खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप