बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

मङ्गलबार, २४ फागुन २०७८, १६ : २७
मङ्गलबार, २४ फागुन २०७८

नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

नेपालले थाइल्याण्डसँग २४  मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुनेछ ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् । न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप