बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको प्रदर्शनमा घाइते भएका अवस्थी अस्पतालबाट डिस्चार्ज

मङ्गलबार, २४ फागुन २०७८, १५ : ३०
मङ्गलबार, २४ फागुन २०७८

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध प्रदर्शनमा घाइते भएका युवा अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्नपूर्ण न्यूरो अस्पतालका अनुसार घाइते भएका ३० वर्षीय हेमराज अवस्थी ११ दिन पछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रदर्शनमा घाइते भएका अवस्थीलाई सुरुमा ट्रमासेन्टरमा लगिएको थियो । त्यहाँ उपचार नभएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उनको टाउकोको अप्रेसन गरिएको थियो । अवस्थीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको र उनलाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप