सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपकराज गिरी भन्छन्– ‘नारीले नो भनेपछि नो नै बुझौँ’

मङ्गलबार, २४ फागुन २०७८, १३ : ४०
मङ्गलबार, २४ फागुन २०७८

कलाकार दीपकराज गिरीले नारीले नो भनेपछि नो नै बुझ्नु नारी प्रतिको सम्मान र हिंसा कम गर्ने उपाय भएको बताएका छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सामाजिक संजालमा एक पोष्ट गर्दै उनले आफ्नो विचार राखेका हुन् ।

‘नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस् ! त्यही नै हो उ प्रतिको सम्मान’ गिरीले अगाडि लेखेका छन्, ‘त्यहि नै हो नारी हिंसा कम गर्ने उपाय । जय नारी दिवस । ’ गिरी पछिल्लो समय ‘छक्का पन्जा ४’ निर्माणको तयारीमा जुटेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप