बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकको सुचना अब क्यूआरकोड मार्फत उपलब्ध

मङ्गलबार, २४ फागुन २०७८, १४ : २७
मङ्गलबार, २४ फागुन २०७८

नर्भिक इन्टरनेशनल अस्पतालले ‘क्यूआर कोड’ बाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ । अस्पतालले सेवाको विषयमा जानकारी लिन चाहनेले क्यूआर कोड स्क्यान गरी जानकारी लिन सक्ने सेवा सुरु गरेको हो । यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिकमा गरिएको ल्याब टेस्टको रिपोर्ट क्यूआर स्क्यान गरी डाउनलोड गर्न सकिन्छ । क्यूआर स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोड गर्ने पेजमा पुगिन्छ ।

 यस्तै, विशेषज्ञ चिकित्सकहरुको ओपिडी समयको विषयमा ओपिडी टाइमिङको कोड स्क्यान गरेपछि पेजमा पुगिन्छ । साथै, नर्भिकको ओपिडी र आइपिडी सेवामा उपलब्ध प्याकेजहरूको विषयमा पनि कोड फिचर थपिएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सूचना छरितो ढंगले सम्बद्ध व्यक्तिको पहुँच स्थापित गर्न क्यूआर कोडको फिचर कार्यान्वयनमा ल्याइएको बताए । यो फिचरले सेवाग्राहीको समयको बचत र सहजता हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप