शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सौगात र दीयाको फिल्म ‘मन्त्र’ १६ वैशाखमा प्रदर्शन हुने

मङ्गलबार, २४ फागुन २०७८, १३ : ०९
मङ्गलबार, २४ फागुन २०७८

फिल्म ‘मन्त्र’ १६ वैशाखमा प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा एक कार्यक्रम गर्दै निर्माण युनिटले नयाँ मिति घोषणा गरेको हो । यस अगाडि गत २८ माघमा प्रदर्शन तयारीमा रहेको फिल्म कोरोनाको तेस्रो लहरका कारण हल बन्द भएपछि रिलिज हुनसकेको थिएन ।

अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्मलाई खिल बहादुर तामाङले निर्देशन गरेका हुन् । फिल्ममा बुद्धि तामाङ, नमिता घिसिङ, बिर बहादुर लामा, पासाङ टि शेर्पालगायत कलाकारको अभिनय रहेको छ । यस्तै फिल्मका कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् । हिमाली प्रेमकथा भनिएको फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत छ । 

गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मनास्लु हिमालको बेसक्याम्पको कथावस्तु प्रस्तुत गरिएको छ । कार्यक्रममा ‘मन्त्र’ अर्गानिक फिल्म रहेको निर्देशक गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप