आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तेलमाथि प्रतिबन्ध लगाए ग्यासको आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

मङ्गलबार, २४ फागुन २०७८, १२ : ३९
मङ्गलबार, २४ फागुन २०७८

यदि पश्चिमा राष्ट्रहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाएमा जर्मनी जाने प्रमुख ग्यासको पाइपलाइन बन्द गरिदिने चेतावनी रुसले दिएको छ । रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले भनेका छन्, ‘रुसी तेलको बहिष्कार विश्वव्यापी बजारका लागि महामारी नतिजा ल्याउन सक्छ, मूल्य प्रति व्यारेल ३०० डलरभन्दा पनि बढी हुन सक्छ ।’

युक्रेनमा आक्रमण गरेका कारण रुसलाई दण्डस्वरुप आफ्ना मित्रहरुसँग मिलेर सम्भावित रुपमा प्रतिबन्ध लगाउने उपायको खोजी अमेरिकाले गरिरहेको छ ।
तर जर्मनी र नेदरल्यान्डले सोमबार उक्त योजना अस्वीकार गरेका छन् ।

ईयूमा उसको आवश्यकताको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट आउने गरेको छ र यो आपूर्ति नभएमा यसको विकल्प दिन मुश्किल पर्छ ।
एक टिभी सम्बोधनका क्रममा नोभाकले  भने, ‘युरोपेली बजारमा रुसी तेललाई तत्काल विस्थापित गर्न असम्भव छ ।

यसका लागि वर्षौं लाग्छ र युरोपेली उपभोक्ताका लागि अझै व्यापक महँगो पर्न जान्छ । अन्ततः यसको आउटकमबाट नराम्रो आघात पर्न सक्छ ।’
गत महिना जर्मनीको नर्ड स्ट्रिम–२ को प्रमाणीकरण रोक्का गर्ने निर्णयलाई इंगित गर्दै तेलमाथिको प्रतिबन्धले बदलालाई प्रेरित गर्न सक्छ ।

‘हामीमाझ मिल्दो खालको निर्णय गर्ने अधिकार र नर्ड स्ट्रिम–१ बाट ग्यास रोक्ने अधिकार पनि छ,’ उनले भने । रुस विश्वकै ठूलो प्राकृतिक ग्यासको उत्पादक र कच्चा तेलको दोस्रो सबैभन्दा ठूलो उपभोक्ता पनि हो । त्यसैले यदि रुसको ऊर्जा उद्योगमा प्रतिबन्ध लगाइने हो भने यसले रुसी अर्थतन्त्रलाई नराम्ररी क्षति पु¥याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप