एनआरएनएमा एकपक्षीय ढंगले निर्वाचन कार्यक्रम अगाडि बढाइयो
गैर आवासीय नेपाली संघ (एनआरएनए) मा डेलिगेट्स विवाद समाधान नगरिकनै निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ। संघको अन्तर्राष्ट्रिय समिति (आइसीसी) का लागि सोमबार र मंगलबार नोमिनेशन गर्ने मिति तोकिएको छ।
उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३६ सय बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो।
उच्चस्तरीय समितिका संयोजक तथा संघका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समितिलाई एक पत्र पठाउँदै दाबी विरोध गरेका थिए। उनले पन्तसमेत रहेको समितिले गरेको छानबिनको आधारमा झन्डै २६ सय प्रतिनिधि मात्रै मतदान गर्न योग्य रहेको निर्वाचन समितिलाई जानकारी गराएका थिए। तर पन्तको ठाडो दबाबमा निर्वाचन समितिले घलेले पठाएको सूचीबारे सुनुवाइ नै गरेन।
यसैबीच संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदमा गत वर्ष नै उम्मेदवारी घोषणा गरेका कुल आचार्यले एकपक्षीय रुपमा नोमिनेसन गराएर निर्वाचन कार्यक्रम अगाडि बढाउनुको कुनै अर्थ नभएको बताएका छन् । ‘यस्तो कदमले संस्थालाई विभाजन तर्फ धकेल्ने निश्चित छ। हामी हदैसम्म लचक हुँदा पनि हाम्रो सदासयलाई कमजोरीको रुपमा हेर्ने गल्ती नगरियोस्,’ आचार्यले भने।
आइएलओ घोटाला, प्रतिनिधि सूचीमा एकलौटी गरेका कारण परराष्ट्र र अदालतसम्म पुगेको विवादका बीच कुमार पन्त नेतृत्वको कार्य समितिले एकलौटी चुनाव गराउन लागेको हो। तर आइतबार भेला भएका ७० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्षहरुले नाम मात्रको एकपक्षीय चुनावले समस्याको समाधान नहुने भन्दै डेलिगेट्स विवाद समाधान गरेर मात्रै निर्वाचन गराउन आह्वान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया