आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की

मङ्गलबार, २४ फागुन २०७८, ११ : ५५
मङ्गलबार, २४ फागुन २०७८

पेश्की रकमबारे प्रतिक्रिया लिन खोज्दा रौतहटका एक कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्य कार्यालय गौरका कोल्ड निरीक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका हुन् ।

स्वास्थ्य कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फर्छयौट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा सोमबार साँझ आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार झाले बताए ।

तत्कालीन स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोमा विभिन्न कार्यक्रम सञ्चालन गर्न पेश्की लिएको पत्रकार झाको भनाइ छ । स्वास्थ्य कार्यालयका प्रमुख सुरेश राय यादवले समेत पासपत राय यादवले पेश्की रकम लिएर हालसम्म फर्छयौट नगरेको स्वीकारेपछि आफूले प्रतिक्रिया माग्दा उनले त्यस्तो धम्की दिएको झाको भनाइ छ ।

पासपत राय यादवले भने आफूले पत्रकार झालाई कुनै प्रकारको धम्की नदिएको दाबी गरेका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ रौतहट शाखा र प्रेस चौतारी रौतहट शाखाले छुट्टाछुट्टै  विज्ञप्ति जारी गरी घटनाको सत्य, तथ्य छानबिन गरी दोषीलाई नियमअनुसार कारबाही गर्न सम्बद्ध निकायसँग माग गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप