संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बन्यो रुस : रिपोर्ट

रुस संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बनेको छ । रुसले यो मामिलामा सिरिया र इरानलाई पनि पछि पारेको छ ।
निगरानी गर्ने साइट क्यासलम डट एआईका अनुसार २२ फेब्रुअरी अघि नै रुसमाथि २,७५४ प्रतिबन्ध लागिसकेका थिए । यसबाहेक युक्रेनमाथि हमलापछि रुसमाथि २,७७८ प्रतिबन्ध लागेका छन् । यससँगै कूल संख्या ५ हजार ५३२ सम्म पुगेको छ ।
हालसम्म शीर्ष स्थानमा रहने इरानमाथि कुल ३,६१६ प्रतिबन्ध लागेका छन् ।
प्रतिबन्ध लगाउने देशमा अमेरिका सबैभन्दा अगाडि छ जसले २१ प्रतिशत प्रतिबन्ध लगाएको छ । त्यसपछि यूके र इयू संयुक्त रुपमा छन्, जसले १८ प्रतिशत प्रतिबन्ध लगाएको छ ।
आइएइए प्रमुखले चर्नोबिल परमाणु साइटमा जान मञ्जुरी माग्योः
इन्टरनेशनल ऐटमिक इनर्जी एजेन्सी अर्थात् आईएईएले रुसको हमलामा क्षतीग्रस्त भएको चेर्नोबिल परमाणु साइटको भ्रमण गर्ने मञ्जुरी मागेको युक्रेनी अधिकारीले बताएका छन् ।
यो परमाणु साइटबाट मेडिकल र उद्योग जगतका लागि रेडियोआइसोटोप्स बनाइन्छन् तर रुसको तर्फबाट खारकिभमा जारी गोलीबारीले यो साइट पूर्ण रुपमा क्षतीग्रस्त भएको छ ।
यद्यपि, यो साइटमा रेडियेशनको स्तरमा कुनै वृद्धि भएको छैन । रुसले २४ फेब्रुअरीमा चेर्नोबिल परमाणु साइटमा कब्जा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
-
मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान
-
बलिउड अभिनेता देव मुखर्जीको निधन
-
वनमन्त्री शाहीद्वारा जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण
-
यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य
-
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना