भक्तपुरमा सीसीटीभी जडान गर्न सेञ्चुरी बैंकको सहयोग
![भक्तपुरमा सीसीटीभी जडान गर्न सेञ्चुरी बैंकको सहयोग](https://rpcdn.ratopati.com/media/albums/century_bank__kavre_cRwRSw2SAI.jpg)
सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा समितिलाई उक्त सहयोग गरेको हो ।
बैंकका बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु बिष्टले समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई हस्तान्तरण गरे । समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य–मुख्य चोक, सिमानाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सीसीटीभी जडान गर्न सहज हुने बताए ।
साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी, दुइवटा टेवल र एक थान दराज लगायतका फर्निचर प्रदान गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा बैंकले गीतामन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । यस्तै, बैंकले भक्तपुरमा तीनशा खामार्फत सेवा प्रदानगर्दै आएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या