शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल जुध्दा पाँच घाइते, तीनको अवस्था गम्भीर

मङ्गलबार, २४ फागुन २०७८, ०९ : ४९
मङ्गलबार, २४ फागुन २०७८

बारा– कलैया–वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ । 

कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको  मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । 

घाइते हुनेमा मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षीय पवन गुप्ता र पछाडि सवार उनकी श्रीमती २६ वर्षिया निभा पटेल, अर्को  मोटरसाइकलका चालक फेटा गाउँपालिका १ भलुही बस्ने १९ वर्षीय प्रदीप कुमार दास, सोही मोटरसाइकलमा पछाडि सवार भलुहीकै २० वर्षीय रोहित कुमार दास, १९ वर्षीय रामविनय दास घाइते भएको डिएसपी थापाले जानकारी दिए । 

घाइते मध्ये गुप्ता दम्पती तथा अर्को मोटरसाइकलका चालक प्रदीपको अवस्था गम्भीर रहेको र उनीहरूको वीरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाकी दुई जना घाइतेहरू रोहित तथा रामविनयको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप