आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय : सभामुख

मङ्गलबार, २४ फागुन २०७८, ०८ : ५९
मङ्गलबार, २४ फागुन २०७८

सभामुख अग्नि प्रसाद सापकोटाले महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको बताएका हुन् । 

संविधान सभामार्फत् जारी गरिएको नयाँ संविधानमा सबै खाले लैंगिक विभेद अन्त्यको दस्तावेजीकरण सम्भव भएको उल्लेख गर्दै उनले राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र समतामूलक सहभागिता सुनिश्चित भएको पनि बताएका छन् । 

 महिला दिवसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै यस दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रुपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप