शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अण्डा खाने सही तरिका

मङ्गलबार, २४ फागुन २०७८, ०७ : ३४
मङ्गलबार, २४ फागुन २०७८

अण्डालाई पौष्टिक खानेकुराको श्रेणीमा समावेश गरिएको छ । अण्डालाई प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ। प्रोटिनका अलावा अण्डामा भिटामिन बी १२, भिटामिन ए, एमिनो एसिड, आइरन, फोलेट, बायोटिन, भिटामिन डी, सोडियम जस्ता पोषक तत्त्व पनि पाइन्छ । अण्डालाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसका साथै सही तरिकाले अण्डाको सेवन गर्नाले तौल बढ्ने र तौल घटाउन दुवैमा फाइदा हुन्छ । धेरै फाइदा भए पनि यदि तपाईले अण्डालाई सही तरिकाले सेवन गर्नुभएन भने तपाई यसको स्वास्थ्य लाभबाट वञ्चित हुन सक्नुहुन्छ ।

अण्डा खाने सबैभन्दा राम्रो समय बिहानको खाजा हो। साथै, अण्डा काँचो भन्दा पकाएर खानु राम्रो हुन्छ । किनभने जब अण्डालाई सही तापक्रममा पकाइन्छ, त्यसमा रहेका पृथक प्रोटीनहरू एकसाथ जम्मा हुन्छन्, जसले तपाईंको पेटलाई पचाउन सजिलो बनाउँछ। साथै, अण्डा पकाउँदा मात्र धेरै फाइदा हुन्छ तर यसलाई उच्च तापक्रममा पकाउँदा यसमा रहेको पोषक तत्व नष्ट हुन्छ । यद्यपि, यदि तपाइँ उच्च तापक्रममा अण्डा पकाउनुहुन्छ भने, यसलाई धेरै लामो समयसम्म पकाउनु हुँदैन। अब सहि तरिकाले जानौँ :

१. कोलेस्ट्रोल नियन्त्रणमा

शरीरमा कोलेस्ट्रोलको मात्रा बढेसँगै हृदयाघातको जोखिम पनि बढ्छ । यस्तो अवस्थामा अण्डाको सेवन फाइदाजनक हुन्छ । फास्फेटाइड्स र ओमेगा–३ एसिड हुने भएकाले शरीरमा खराब कोलेस्ट्रोल नियन्त्रण गर्न अण्डा खानु फाइदाजनक हुन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्नाले हृदयघातको जोखिमलाई कम गर्न मद्दत गर्छ। तर ध्यान राख्नुहोस् कि तेलमा बनाइएको अण्डाको ओमलेटले कोलेस्ट्रोल घटाउनुको सट्टा बढाउन सक्छ।

२. स्वस्थ आँखाको लागि

आँखा हाम्रो शरीरको बहुमूल्य अंग हो, जसबाट हामी संसारको सुन्दरता देख्न सक्छौं। आँखा बिना हाम्रो जीवन अन्धकार हुन्थ्यो। यस्तो अवस्थामा आँखालाई स्वस्थ राख्न दैनिक एउटा अण्डा खानु फाइदाजनक हुन्छ । किनभने यसमा पाइने एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणका कारण यो तपाईंको आँखाको मांसपेशीका लागि धेरै फाइदाजनक हुन्छ।

३. बलियो हड्डीको लागी

आजकल धेरैलाई उमेर नपुग्दै हड्डी सम्बन्धी समस्या देखिन थालेको छ । यस्तो अवस्थामा दैनिक अण्डा खानु बलियो हड्डीका लागि फाइदाजनक हुन्छ । किनभने अण्डामा भिटामिन डी हुन्छ, जुन हड्डीका लागि आवश्यक पोषक तत्त्व हो। साथै, दैनिक अण्डा खाँदा यसमा पाइने भिटामिन डीले सूर्यको किरणलाई शरीरमा साेस्न गर्न मद्दत गर्छ जसले हड्डीलाई मजबुत बनाउँछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप