एम्बाप्पेले रियलविरुद्धको खेल गुमाउन सक्ने
![एम्बाप्पेले रियलविरुद्धको खेल गुमाउन सक्ने](https://rpcdn.ratopati.com/media/albums/mbappe_sK68Ov7wLa.jpg)
प्रशिक्षणका क्रममा चोट लागेपछि किलियान एमबाप्पेले च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेनको रियल म्याड्रिडसँगको खेल खेल्नेमा शंका उत्पन्न भएको छ । २३ वर्षीय खेलाडीले पार्क डेस प्रिन्सेसमा राउण्ड अफ १६ को पहिलो लेगमा पीएसजीलाई १-० ले जीत दिलाउँदै लिग वान च्याम्पियनलाई सान्टियागो बर्नाबेउमा जाँदा झिनो अग्रता दिलाएका थिए।
यद्यपि, मौरिसियो पोचेटिनोको टोलीले एमबाप्पे बिना नै म्याड्रिड जानु पर्ने हुनसक्छ । एम्बाप्पे सोमबार बिहान पीएसजीको प्रशिक्षण सत्रमा घाइते भएका थिए । अब उनको मेडिकल परीक्षण गराइनेछ।फ्रान्सेली खेलाडीले मध्यहप्ताको म्याड्रिड यात्रा गर्ने वा नगर्ने चोट गम्भीरतामा निर्भर हुने बताइएको छ ।
एमबाप्पे निलम्बनका कारण शनिबार पीएसजीको लिग वानको खेलमा अनुपस्थित थिए। लियोनल मेस्सीले उनको अनुपस्थितिमा नौ नम्बरको भूमिका लिएका थिए । तर पीएसजीले नीससँग १-० को हार बेहोरेको थियो । एमबाप्पे यस सिजन पीएसजीका ३४ खेलमा २४ गोल गर्दै टोलीका सर्वाधिक गोलकर्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट बहुमतले पारित
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
-
बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण
-
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री
-
उलटपुलट राजनीतिमा हाम्रो माग भएको छ : अध्यक्ष नेपाल
-
एकीकृत समाजवादीका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, तस्बिरहरू